+
+
Shares

खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १२:१०

२३ साउन, गुल्मी । धुर्कोट गाउँपालिका-६ टिम्मुर खर्कका ४० वर्षीय भोजबहादुर घर्ती मृत भेटिएका छन् । पानी लगाउन खेतमा गएका घर्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

घर्ती बुधबार साँझ खेतमा पानी लगाउन गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा परिवारले खेतमा मृत अवस्थामा भेटाएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेेले जानकारी दिए ।

घर्तीको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइँदै छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी घलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?