Comments Add Comment

‘जम्मु–काश्मिर’ घटनापछि फिल्म बनाउनेको भीड

बलिउडमा अहिले राष्ट्रियताको कथामा चलचित्र बनिरहेका छन् । राष्ट्रियताको बिषयमा बनेका चलचित्रलाई दर्शकले निकै रुचाएका पनि छन् । दर्शकको यही रुचीका कारण पनि बलिउड मेकर नयाँ–नयाँ कथा खोजिरहेका हुन्छन् ।
हालै मात्र भारतको सरकारले ‘जम्मु–काश्मिर’मा लागू हुँदै आएको धारा ३७० र ३५ए खारेज गर्ने निर्णय गरेको छ ।

यो घटनाको बिषयमा सकारात्मक र नकारात्मक दुबै खालका प्रतिक्रिया आइरहेका छन् । भारतमा सरकारको यो निर्णयसँगै नयाँ खालको घटनाक्रम विकास भैरहेको समयमा बलिउडका चलचित्र मेकरले भने यो बिषयवस्तुमा चलचित्र दर्ता गर्न हानथाप गरिरहेका छन् ।

अहिले ५० भन्दा बढी निर्माता यो बिषयमा चलचित्र निर्माणका लागि अनुमती लिन पुगेको भारतीय मिडियामा उल्लेख छ । ‘काश्मिर हमरा हे, काश्मिर मे तिरङ्गा, धारा ३७०, धारा ३५ए’ लगायतका नाममा समेत मेकहरुहरु चलचित्र बनाउन चाहिरहेका छन् ।

भारतका केही ठूला चलचित्र निर्माण कम्पनीले समेत यो नाममा चलचित्र बनाउन चाहेका छन् । उनीहरु, यो नाममा चाडो भन्दा चाडो अनुमती लिएर रिसर्च गर्न चाहन्छन् । यो घटना तातो रहेको समयमा चलचित्र बनाउँदा दर्शकको रुचीमा पर्न सक्ने बलिउडकर्मीको सोच रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment