Comments Add Comment

सुमार्गीको रकम विवादमा सर्वोच्चले माग्यो सम्पत्ति शुद्धिकरणबाट सक्कल फाइल

२३ साउन, काठमाडौं । सर्वोच्च अदालतले ब्यवसायी अजेय सुमार्गीले नेपाल भित्र्याएको विदेशी लगानीसम्बन्धी विवादमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट सक्कल फाइल मगाउन आदेश दिएको छ ।

न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको संयुक्त इजलासले सुमार्गीले ल्याएको विदेशी लगानीको बैधानिकता सम्बन्धमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट सक्कल फाइल मगाउन आदेश दिएको हो ।

सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा ल्याएको ७५ मिलियन अमेरिकी डलर ९करिब ८० करोड नेपाली रुपैयाँ० राष्ट्र बैंकले रोक्का गरेको थियो । इन्भेस्टमेन्ट बैंकमा रहेको उक्त रकम नरोक्न माग गर्दै सुमार्गी सर्वोच्चमा गएका थिए ।

यसअघि यही मुद्दामा सर्वोच्चले गत जेठ १४ गते सुमार्गीको रकम वैधानिक हो कि होइन र सम्पत्ति शुद्धिकरणको विषय आकर्षित हुने हो वा होइन छानबिन गर्न राष्ट्र बैंकलाई आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment