Comments Add Comment

दक्षिण अफ्रिकी क्रिकेटर हसिम अमलाले लिए सन्यास

२४ साउन, काठमडौं । दक्षिण अफ्रिकाका क्रिकेटर हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

ओपनिङ ब्याट्सम्यान अमलाले आफूले क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिएको घोषणा गरेका हुन् । तर उनले क्लब र घरेलु प्रतियोगिता भने खेल्नेछन् ।

हसिम अमला दक्षिण अफ्रिकाका एक अब्बल खेलाडी हुन् ।

३६ वर्षीय अमलाले १२४ टेष्ट खेलमा ९ हजार २८२ रन बनाएका छन् । यो क्रममा उनले २८ शतक बनाएका छन् भने ४१ अर्धशतक बनाएका छन् । टेष्ट क्रिकेटमा उनको उच्च स्कोर ३११ रन रहेको छ ।

१८१ एकदिवसीय क्रिकेट खेलमा उनले ८ हजार ११३ रन बनाएका छन् । यो क्रममा उनले २७ शतक र ३९ अर्धशतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा भने उनको उच्च स्कोर १५९ रन रहेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले ४४ खेलबाट एक हजार २७७ रन बनाउँदा आठ अर्धशतक बनाएका छन् ।

२००४ देखि राष्ट्रिय टिममा डेब्यु गरेका उनले आफुलाई एक चर्चित खेलाडीमा उभ्याउन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment