Comments Add Comment

बरुणसँग तुलना गर्नेलाई सिद्धार्थको जवाफ

नायक सिद्धार्थ मल्होत्रा चलचित्र ‘जबरिया जोडी’को लागि उत्साहित छन् । निरन्तर, बक्स अफिसमा असफल चलचित्र दिइरहेका उनलाई हिट चलचित्रको आवश्यकता छ । तर, उनले हिट चलचित्र दिन नसक्दा करिअर कमजोर भएको टिप्पणी समेत हुने गरेको छ ।

यो चलचित्र आजबाट रिलिज भएको छ । तर, बक्स अफिसमा यसले खासै राम्रो ओपनिङ गर्न सकेको छैन । यसैविच, सिद्धार्थले पोष्ट गरेको एक तस्वीरमा उनी र नायक बरुण धवनको तुलना भैरहेको छ । यी दुबैले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेका थिए । यसैले पनि यी दुइको तुलना खुबै हुन्छ ।

नायक बरुण धवनसँग मिडिया र दर्शकले तुलना गरेको नायक मल्होत्रालाई भने मन परेको छैन । उनले भारतीय मिडियासँग कुराकानी गर्दै भनेका छन्–‘हामी दुइको तुलना अरु कसैले होइन, मिडियाले मात्र गरेको हो । हामी दुइको बिचमा तुलना गर्ने त्यस्तो कुनै पनि कुरा छैन । शारीरिक वनावटको तुलना पनि हाम्रो गर्नु उचित छैन ।’

सिद्धार्थ र बरुण एकसाथ अगाडि आएतापनि बरुण धेरै अगाडि बढिसकेका छन् । यसैले पनि सिद्धार्थ हिट चलचित्रको खोजीमा छन् । यसमाथि, बरुणसँग तुलना हुँदा उनलाई चित्त वुझेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment