+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कोका–कोलाले ल्यायो ‘जिग्री प्याक’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते २०:३७

बोटलर्स नेपाल लिमिटेडले २ सय ५० एर्मलको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ। शुक्रबार राजधानीको याक यतिमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो।

यसअघि शिशाका बोतलमा मात्रै २ सय ५० एमएलको कोका–कोला, स्प्राईट र फान्टा बजारमा पाइन्थ्यो।

२ सय ५० एमएलको जिग्री प्याक कोका-कोला, स्प्राईट र फ्‍यान्टा ४० रुपैयाँ पर्ने र आइतबारदेखि उपत्यका लगायत देशैभरी विक्रि हुने कम्पनीले जानकारी दिएको छ।

उपभोक्ताले आफुलाई मन पर्ने कोका-कोला, स्पाईट र फान्टाको जिग्री प्याक गोजीमा राखेर मिल्ने र सुलभ मूल्यमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

उक्त प्याक उपभोक्ता मैत्रीसँगै वातावरण मैत्री र अल्ट्रा बोतल भएको र यसलाई कोलाले हलुका, पुनःशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको कम्पनीको दाबी छ। यसको अवधि ६ महिनासम्म रहेको छ।

नेपालका लागि कोका-कोला कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जिग्री प्याकले ग्लास बोतल र पीइटी बोतलको लाभ एकै पटक प्रदान गर्ने बताए।

यस्तै बाटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले बोटलर्स नेपाल लिमिटेडले नेपालमा स्टेट अफ आर्ट प्रोडक्टमा लगानी गर्न पाउँदा खुसी लागेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?