Comments Add Comment

५५ हजार घूससहित इन्जिनियर पक्राउ

२४ साउन, जनकपुरधाम । धनुषाबाट एक जना कर्मचारी घुससहित पक्राउ परेका छन् । नगराईन नगरपालिकाका सव-इन्जिनियर उमेश मण्डल घूससहित पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग ५५ हजार रुपैयाँ लिइरहेको अवस्थामा जनकपुरधामबाट उनलाई पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मण्डललाई जनकपुर अञ्चल अस्पताल अगाडिबाट पक्राउ गरेको हो । सम्पन्न भइसकेको योजनाको रकम भुक्तानी गराइदिने भन्दै इन्जिनियर मण्डलले योजना पाएका व्यक्तिलाई जनकपुर बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment