+
+

नेपाली जनसम्पर्क समिति युएईको नेतृत्व चयन, तिमल्सिना बने सभापति

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २५ गते ८:५९

युएई । नेपाली जनसम्पर्क समिति युएईको अधिवेशनले भुवानी तिमल्सिनालाई सभापतिमा सर्वसम्मत चयन गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको उपस्थितिमा शुक्रबार दुवईमा भएको अधिवेशनले सर्वसम्बत रुपमा नयाँ नेतृत्व चुनेको हो ।

सम्पर्क समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रविक्रम सारु, उपसभापतिमा दीपक खड्का, भुमी चालिसे र अमर रानाभाट चयन भएका छन् ।

यस्तै महामन्त्रीमा हरी खड्का, सह-महामन्त्रीमा बिनोद तामाङ, शिव चालिसे र चित्रहाङ लिम्बु तथा कोषध्यक्षमा कृतिमान पुन रहेका छन् ।

यस्तै अधिवेशनले १४ औँ महाधिवेशनमा भाग लिनका लागि महासमिति सदस्य छनोट गरेको छ । जसमा भुवानी तिमल्सिना, चित्रबहादुर केसी, खेमराज बस्नेत छन् । महाधिवेशन प्रतिनिधिमा चन्द्रविक्रम सारु मगर, राजेन्द्र अधिकारी, मनोजकुमार श्रेष्ठ गोर्खाली र ज्ञानेन्द्र बहादुर खत्री छन् ।

कार्यक्रममा प्रमुख अतिथि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का,विशेष अतिथि एवम् कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वसभासद रामहरी खतिवडा, धादिङ जिल्ला सभापति रमेश धमला, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईं, नेविसंघ नेता हृदयश त्रिपाठी र पूर्वप्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सचिव अतुल कोइराला लगायतकाको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका केन्द्रीय नेताहरु बिहीबार युएई आएका हुन् । युएईसहितका खाडी मुलुकमा रहेको नेपाली कांग्रेसको जनसम्पर्क समितिको अधिवेशन शुक्रबारबाट सुरु भएको हो ।

कार्यक्रममा उपस्थित नेताहरु समक्ष सहभागीहरुले युएईमा रहेका नेपालीका समस्याबारे जानकारी गराएका थिए । भिजिट भिसामा यहाँ आउनेहरु विना अवरोध आउन पाउनु पर्ने उनीहरुले बताए ।

साथै घरेलु महिला कामदारका समस्याबारे अवगत गराएका थिए । नेताहरुले नेपालीहरुले भोग्नु परेका समस्याबारे सदनमा जानकारी गराएर समाधानको खोजी गर्न सरकारलाई दबाव दिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?