Comments Add Comment

क्रिकेट संघको चुनाव असोज पहिलो साता

२५ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को चुनाव असोज पहिलो साता हुने भएको छ ।

चुनाव प्रक्रियाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बनाएको स्वतन्त्र समितिले केन्द्रीय साधारणसभा असोज ३ र ४ गते (सेप्टेम्बर २० र २१) गर्न प्रस्ताव गरेको हो । त्यसमा आईसीसीको सहमति आउन बाँकी छ ।

समितिका एक सदस्य भन्छन्, ‘आईसीसीको बोर्ड बैठक अक्टोबरमा छ । त्यसअघि सबै चुनाव सम्पन्न गर्नुपर्छ भनिएको थियो । त्यसअनुसार मिति प्रस्ताव गरिएको हो ।’

जिल्ला, प्रदेश हुँदै केन्द्रको चुनाव भएर निर्वाचित क्यानले नयाँ कार्यासमितिलाई कार्याभार हस्तान्तरण गरेपछि क्रिकेट संघ निलम्बनको बाटो खुल्नेछ ।

साउन पहिलो साता बसेको आईसीसीको साधारणसभाले नेपालले निर्वाचन प्रक्रिया पुरा गरे बोर्ड बैठकले निलम्बन फुकुवा गर्न सक्ने अधिकार दिइसकेको छ ।

क्रिकेट संघमा अहिले प्रादेशिक चुनाव भइरहेको छ ।

शनिबार क्यानको प्रदेश १ कमिटी बनेको छ । मिङ्मा डण्डू शेर्पा अध्यक्ष निर्वाचित भएका छन् । प्रदेश ५ को साधारणसभा भदौ ७ गते र प्रदेश २ को १४ गते बोलाइएको छ भने प्रदेश ३ को साधारणसभाको मिति तय हुन बाँकी छ ।

सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरि रेग्मी निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment