Comments Add Comment

वीरगञ्जबाट दुईजना नक्कली परीक्षार्थी पक्राउ

२६ साउन, वीरगंज । सिटिइभिटीको  सीएमए विषयको परीक्षामा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्र नारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुर का कौशल प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन २५ गते बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडानम्बर १५ स्थित नेशनल मेडिकल कलेजमा सिटिईभिटीको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जोगेन्द्रले रौतहट गढीमाई गाउँपालिका ६ धरमपुर बस्ने छोटेलाल यादवको नाममा र कौशलले रौतहटकै रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment