Comments Add Comment

११ करोड लगानीमा बुटवलमा सपिङ कम्प्लेक्स

२६ साउन रुपन्देही । बुटवलको लुम्बिनी बसपार्क क्षेत्रमा करिब ११ करोड लगानीमा सपिङ कम्प्लेक्स निर्माण थालिएकोे छ । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले आइतबार बिहान भवनको शिलान्यास गरे ।

बुटवल उपमहानगरपालिकाले नगर विकास कोषसँगको सहकार्यमा पार्किङ सुविधासहितको तीनतले भवन बनाउन लागेको हो । भवनको निर्माण २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्य छ ।

भवन निर्माणको कुल लागत १० करोड ८४ लाख रुपैयाँ अनुमान गरिएको छ । निर्माण कम्पनीले भने करिब ८ करोड रुपैयाँमै निर्माण गर्न सक्ने भन्दै ठेक्का सम्झौतामा हस्ताक्षर गरेर काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

उपमहानगरपालिका र कोषबीच गत फागुनमा भवन निर्माण सम्झौता भएको थियो । यस भवनले बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्ने उपमहानगरपालिका प्रमुख सुवेदीको भनाइ छ ।

सहरी पूर्वाधार विकास महाशाखा प्रमुख वरिष्ठ अधिकृत इन्जिनियर सुमन श्रेष्ठका अनुसार तीनतले भवनमा पार्किङबाहेक विभिन्न आकारका ६८ वटा व्यवसायिक सटरहरु हुनेछन् । ती सबै सटरहरु अत्याधुनिक मापदण्डका हुनेछन् । भुइँतलामा १४ तथा पहिलो र दोस्रो तलामा २७-२७ वटा सटर रहने छन् ।

– कपिल ज्ञवालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment