Comments Add Comment

भारतीय उच्चायोग अगाडि प्रदर्शन गर्न पाकिस्तानको आहृवान

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले १५ अगष्टमा भारतीय उच्चायोग अगाडि प्रदर्शन गर्न विदेशमा रहेका पाकिस्तानीहरुलाई अपील गरेका छन् ।

उनले ट्वीट गर्दै कश्मीरमा गैरकानूनी र बलपूर्वक गरिएको कब्जाविरुद्ध विरोध जनाउन आहृवान गरेका हुन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै भनेका थिए कि उनलाई आरएसएसको विचारधारसँग डर लागेको छ किनकी यो नाजी विचारधारा जस्तै छ ।

यसलाई भारत शासित कश्मीरमा रोक्नुपर्ने भन्दै उनले भनेका छन्, नभए भारतमा मुस्लिममाथि दमन बढ्नेछ र अन्तत पाकिस्तान निशानामा पर्नेछ ।’

भारतले जम्मू कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्ने गरी संविधानको अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएपछि पाकिस्तानले विरोध गरेको छ । उसले भारतसँग राजनीतिक सम्बन्ध सिमित बनाउनुका साथै ब्यापारिक सम्बन्ध तोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment