+
+
Shares

प्रहरी हिरासतबाट फरार भएका वाइवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १९:३१

२७ साउन, काठमाडौं । प्रहरी हिरासतबाटै फरार भएका चोरी मुद्धाका २१ वर्षीय सुकुलाल वाइवालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

काठमाडौं टोखा बस्ने मकवानपुर थाहा नगरपालिका सिस्नेरी–६ घर भएका वाइवा गत साउन २५ गते बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षबाट फरार भएका थिए । वाइवाले हिरासत कक्षको झ्यालको रड ह्याक्सो ब्लेडले काटेर फरार भएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले बौद्ध दक्षिण ढोकाबाट उनलाई पक्राउ गर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?