Comments Add Comment

वीरगञ्जमा भाइरल ज्वरोको प्रकोप

२८ साउन, वीरगञ्ज । वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिनदेखि भाइरल ज्वरोको प्रकोप देखिएको छ । प्रकोप बढ्दै जाँदा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या ह्वात्तै बढेको छ ।

नारायणी अस्पतालका जनरल फिजिसियन एवं पेट रोग विशेषज्ञ डा. राकेश कुमार झाले पछिल्ला दिनमा ओपिडीमा आउने आधाभन्दा बढी बिरामी भाइरल ज्वरोकै भएको बताए । ‘अस्पतालको मेडिकल ओपीडीमा दैनिक ३ सयको हाराहारीमा बिरामी जाँच भइरहेको छ, जसमा २ सय जना जति भाइरल संक्रमित बिरामी हुने गरेका छन्’, उनले भने ।

चिकित्सकहरूका अनुसार यस्ता बिरामीहरूमा खासगरी ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, नाकबाट पानी बग्ने, मांसपेसी दुख्ने, कमजोर महसुस हुने, भोक नलाग्नेजस्ता लक्षणहरू देखिन्छन् ।

डा. झा खोक्दा, हाछ्यु गर्दा रुमालले मुख–नाक नछोप्ने, जथाभावी थुक्ने, बासी खानेकुरा, पानी नछानी खाने बानीले भाइरलको संक्रमण हुने बताउँछन् ।

अधिकांश भाइरल ज्वरो एक दुई दिनमा आफैं हराएर जाने भए पनि कतिपयको हकमा अस्पताल जानुको विकल्प नभएको उनको भनाइ छ । झाका अनुसार, १०३ डिग्री फरेनहाइट वा त्योभन्दा माथि ज्वरो आएमा बिरामीलाई तुरुन्तै अस्पताल लैजानु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment