+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

श्रम कार्यालयको ‘सर्भर’ अझै बनेन, वैकल्पिक नेटबाट काम हुँदै !

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १३:२२

२८ साउन, पोखरा । श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेशको सर्भरमा समस्या आएका कारण ३ दिनदेखि रोकिएको सेवा मंगलबारदेखि सञ्चालनमा आएको छ । समस्या आएको सर्भरको वैकल्पिक व्यवस्था गरेर सेवा सुरु गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयको आँखा स्क्यान गर्ने मेसिन ‘माइक्रो टिट डिभाइस’मा समस्या आएपछि आइतबारदेखि सबै सेवा ठप्प भएको थियो । डिभाइसमा समस्या आएका कारण सेवाग्राही मर्कामा परेका थिए । जसको प्रत्यक्ष कार्यालयमा श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई परेको थियो । डिभाइस कहिले बन्छ भन्नेबारे कर्मचारी नै अनभिज्ञ हुँदा दिनहुँ सेवाग्राहीले कार्यालयमै दिन बिताउन बाध्य थिए ।

श्रम तथा वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले ‘माइक्रो टिट डिभाइस’ विभागसँगै जोडिएको हुनाले त्यसमा खराबी आउँदा तत्काल मर्मत गर्न नसकिने भएकाले वैकल्पिक उपाय अपनाइएको प्रष्टयाए । ‘यो डिभाइस विभागसँगै लिंक हुन्छ । साधारण नेटले सेफ नहुने भएकाले यो प्रयोगमा ल्याएका हौं,’ उनले भने, ‘यसले बायोमेट्रिक आँखा चेक गर्छ । जुन यहाँको कम्प्युटर र विभागसँग सिधै जोडिएको हुन्छ ।’

सूचना अधिकारी श्रेष्ठले डिभाइसकै कारण कार्यालयका अन्य सेवा पनि प्रभावित भएकाले सोमबारदेखि वैकल्पिक डिभाइसको व्यवस्था गरी काम सुरु गरिएको जानकारी दिए । ‘माइक्रो टिट डिभाइस जोड्न केही समय लाग्ने देखियो । त्यसको प्रभाव सिधै सेवाग्राहीलाई पर्ने देखियो,’ उनले भने, ‘त्यही भएर अर्को साधारण नेट जोडेरै आँखाको स्क्यान गर्ने काम गरिरहेका छौं ।’

विभागसँग जोडिएको माइक्रो टिट डिभाइसको सर्भर समस्या समाधान गर्न पनि आफूहरु लागिरहेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘माथि (विभाग)देखि टेक्निसियन आउनुभाछ । माथिसँग डिभाइस लिंक गर्ने काम भइरहेको छ । हामी प्रयासमै छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?