
२८ साउन, पर्वत । जलजला गाउँपालिका–४ लामाखेतका १७ वर्षीय पावल बिकलाई चिर्पट प्रहार गरी फरार भएका ४ जना आरोपीलाई पर्वत प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरी टोलीले जलजला गाउँपालिका–४ लामाखेतका ३९ वर्षीय कबिन गर्वुजा, ३३ वर्षीय तेजेन जुग्जाली, २० वर्षीय राजु पुन र २४ वर्षीय अमित फगामीलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी पावललाई आइतबार राति उनीहरुले दाउराको चिर्पट प्रहार गरेका थिए । आफ्नै घरमा लुकीछुपी बसेको सूचनाका आधारमा उनीहरुलाई सोमवार साँझ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
घाइते पावल गण्डकी मेडिकल कलेज पोखरामा उपचार पश्चात घर फर्किसकेका छन् । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4