
२८ साउन, मोरङ । अवैद्यरुपमा ढुंगा, गिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने दुई ओटा ट्रयाक्टरलाई मोरङ प्रहरीले मंगलवार नियन्त्रणमा लिएको छ ।
अवैद्यरुपमा ढुंगा र बालुवा बोक्ने को २ प ९४४० र को२त ४६५९ नम्वरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार खिउजुले जानकारी दिए ।
को २ प ९४४० नम्वरको ट्रयाक्टरलाई मोरङको लेटाङ र को २ त ४६५९ नम्वरको ट्रयाक्टरलाई विराटनगर महानगरपालिका १९ स्थित घिनाघाटबाट नियन्त्रणमा लिएको उनले बताए ।
नियन्त्रणमा लिइएका दुवै ट्रयाक्टरलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय विराटनगरको जिम्मा लगाइएको खिउजुले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4