
२८ साउन, काठमाडौं । कतारमा ४ जना नेपाली कलाकारलाई स्टार अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । दोहामा एक समारोहकाबीच नेपाली कलाकारलाई अवार्ड प्रदान गरिएको हो ।
लोकगीत युगलतर्फ गायक शिव संगीतले ‘आँखा जुध्यो’ गीतका लागि जुरी अवार्ड हात पारेका छन् ।
बेस्ट मोडल जुरी अवार्ड नन्दा बस्याल, पब्लिक च्वाइस अवार्ड प्रकाश सपूत र चर्चिक कलाकारको अवार्ड आनन्द कार्कीले प्राप्त गरे ।
स्टार किङ, कतारको आयोजनामा भएको कार्यक्रममा कतारका लागि नेपालका कार्यबाहक राजदूत लक्ष्मण खनालले कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4