Comments Add Comment

मिरुनालाई आर्यनको आश

नायिका मिरुना मगरले चलचित्र क्षेत्रमा प्रवेश गरेको धेरै समय भएको छैन । चलचित्र ‘लालपूर्जा’बाट डेब्यु गरेकी मिरुनाले तीन चलचित्रमा काम गरिन् । ‘रोज’ उनको दोस्रो चलचित्र हो भने ‘साईनो’ तेस्रो चलचित्र हो । तीन चलचित्रमा लगातार काम गर्दा पनि मिरुनालाई सफलताको स्वाद चाख्न समय लाग्ने देखिएको छ ।

पहिलो चलचित्र ‘लालपूर्जा’मा मिरुनाले नायक सौगात मल्ल र विपिन कार्कीसँग काम गरेकी थिइन् । चलचित्र क्षेत्रमा राम्रो चलेका कलाकार भएका नाताले पनि मिरुनाको आशा धेरै नै थियो । तर, पहिलो चलचित्र चलेन । दोस्रो चलचित्र ‘रोज’मा उनले चल्तीका नायक प्रदीप खड्कासँग काम गरिन् । यो चलचित्रबाट पनि मिरुना निकै आशावादी थिइन् । तर, मिरुनाले सोचे जस्तो भएन ।

शुक्रबारदेखि रिलिज भएको मिरुनाको तेश्रो चलचित्र ‘साइनो’ पनि व्यापारिक रुपमा अपेक्षित चलेन । यो चलचित्र चलेको भए मिरुनालाई फाइदा हुने थियो । तर, चलचित्रलाई १ करोड ग्रस कलेक्शन गर्न नै समस्या पर्ने देखिएको छ ।

यसरी हेर्दा, मिरुनाको बक्स अफिसमा असफलताको श्रृङ्खला रोकिएको छैन । अब, उनका लागि आशामा रहेको अर्को चलचित्र हो ‘च च हुइ’ । यो चलचित्रमा उनलाई नायक आर्यन सिग्देलसँग रोमान्स गरेको दर्शकले देख्न सक्नेछन् । मिरुनालाई आर्यन र यो टिमप्रति विश्वास छ । तर, उनको विश्वासले यसअघि काम गरेको छैन । यसपटक के गर्ला, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment