+
+
Shares

ग्लोबल आइएमईको क्रेडिट कार्डको लागि अनलाइन आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १८:४३

२८ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्नसक्ने व्यवस्था गरेको छ ।
साथै ग्राहकहरुले आˆनो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धीजानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् ।

क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइटमा गई आवेदनदिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले समय सापेक्ष रुपमा यस्ता प्रविधिहरु म्ाार्फत ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस्तो प्रकारको योजनाहरु ल्याउने गरिरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा प्रदान गर्नुका साथै अष्टे्रलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?