+
+
Shares

भक्तपुरमा ८ हजार गाँजाको बोट नष्ट

रासस रासस
२०७६ साउन २९ गते ७:३५
Photo Credit : फाइल तस्वीर

२९ साउन, भक्तपुर । सूर्यविनायक नगरपालिका–८, सिपाडोलको ठूलोगाउँमा रहेका करिब ८ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ ।

महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए ।

स्थानीय बासिन्दाको करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौँ बोट गाँजा फडानी गरी नष्ट गरेको हो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको उनले बताए ।

गत आइतबार पनि प्रहरीले सूर्यविनायक नगरपालिका–७, गुन्डु नयाँबस्तीमा रहेको चार हजार २०० गाँजाका बोट नष्ट गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?