+
+

‘जबरिया जोडी’ फ्लप भएपछि यसो भन्छन् सिद्धार्थ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते १३:५०

नायक सिद्धार्थ मल्होत्राको करिअर बलिउडमा अहिले फिक्का पर्दै गएको छ । उनी अभिनित चलचित्रले व्यापारिक रुपमा सफलता पाउन छाडेको केही बर्ष भयो । दर्शकले उनलाई हलमा हेर्न चाहिरहेका छैनन् । ‘जबरिया जोडी’को समिक्षा पनि राम्रो आएन ।

भारतीय मिडियासँग कुरा गर्दै सिद्धार्थले असफलताको बिषयमा बोलेका छन् । उनले भने–‘कुनै पनि कलाकारको अभिनयको उचाइलाई एउटा मात्र चलचित्रको प्रस्तुति हेरेर मुल्यांकन गर्न मिल्दैन । असफलताले मलाई असर त गर्छ तर यो कुरामा म सजग छु ।’

मल्होत्राले अगाडि भने–‘मलाई असफलतासँग जुध्न आउँछ । मलाई खराब समिक्षा र असफलताले केही नयाँ गर्नका लागि जुझारु बनाउँछ ।’

सिद्धार्थले दर्शकलाई सन्तुष्ट बनाउन आफूले सधै नै मिहिनेत गर्ने पनि बताए । ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेका सिद्धार्थले सोचेजस्तो सफलता पाउन नसक्दा उनको करिअर धरमराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?