Comments Add Comment

मेगा बैंकको मुनाफा १ अर्ब ७२ करोड

२९ साउन, काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गरेको हो ।

बैंकले वितरणयोग्य मुनाफामा भने उल्लेख्य वृद्वि गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्वि गर्न बैंक सफल भएको जनाएको छ ।

२०७५ को असार मशान्तको तुलनामा २०७६ असार मसान्तमा बैंकको कूल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि ३०.०१ प्रतिशत रहेको र यो वाणिज्य बैंकहरुमध्येकै उच्चतम वृद्वि रहेको बैंकको दावी छ । त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ छ।

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा बैंकले निष्क्रिय कर्जाको अनुपातमा उल्लेख्य सुधार ल्याई ०.८६ प्रतिशत कायम राखेको छ ।

हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०३ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,५०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment