Comments Add Comment

मैत्रीपूर्ण भलिबलमा अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

२९ साउन, काठमाडौं । मैत्रीपूर्ण भलिबल खेलमा अफगानिस्तानमाथि नेपालले रोमाञ्चक जीत हात पारेको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट नेपालले २५–२२ ले अफगानिस्तानलाई सुम्पेको थियो । तर उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेटमा नेपालले अफगानिस्तानलाई २५–१७ ले पराजित गर्न सफल भयो ।

तेस्रो सेटमा पनि नेपालले अफगानिस्तानलाई २५–२१ को सेटमा पराजित गर्न सफल भयो । तर चौथो सेटमा भने नेपाल अफगानिस्तानसँग २५–२३ ले हारेपछि खेल बेष्ट अफ फाइभतर्फ धकेलिएको हो ।

पाँचौ सेटमा १५–१३ ले पराजित गर्दै नेपालले खेल जितेको हो । अफगानिस्तानविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल भोलि ३ बजे हुनेछ ।

एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता यहि भदौ दुईदेखि सात गतेसम्म लगनखेलस्थित आर्मी कभर्डहलमा हुदैछ । प्रतियोगितामा आयोजक नेपालसहित किर्गिस्तान, तुकिमेनिस्तान, उज्वेकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment