Comments Add Comment

तनहुँको समानान्तर समितिलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसले तनहुँमा बनेको समानान्तर जिल्ला समितिलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएको छ ।

गोविन्दराज जोशी समूहले डिल्लीराम अधिकारीको अध्यक्षमा सामानान्तर समिति बनाउनुका साथै कार्यालय नै खोलेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बैकुण्ठनाथ न्यौपाने सभापति र जीतप्रकाश आले कार्यबाहक सभापति रहेको कार्यसमिति आधिकारिक भएको प्रष्ट पारेको छ ।

यसबाहेक अर्को कार्यसमिति बनाउन नमिल्ने भन्दै कांग्रेसले भनेको छ, ‘ यदि त्यस्तो अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लघंन र दण्डनीय कार्य हुनेछ ।’

बैठकले समानान्तर कार्यसमिति बनाउने तथा कार्यालय खोल्नुलाई गम्भीर उल्लंघन मानेर विधानअनुसार अगाडि बढ्न अनुशासन समितिलाई अधिकारी दिएको छ । अनुशासन समितिमा जोशीविरुद्ध पनि उजुरी परेको छ । तर समितिले निर्णय गरेको छैन ।

केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले समितिले अहिलेसम्म गरेका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गगरेका छन् । अर्को बैठक भाद्र ११ गते दिउँसो २ बजे पुनः बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment