Comments Add Comment

नेयमारलाई भित्र्याउने होड : बार्सिलोना र रियल दुबैको प्रस्ताव अस्वीकृत

काठमाडौं । ब्राजिलियन फवार्ड नेयमारका लागि बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अस्वीकृत भएको छ ।

बार्सिलोनाले २७ वर्षीय नेइमारका लागि फिलिप काउटिन्हो र १०० मिलियन युरोको प्रस्ताव राखेको थियो । इभान राकिटिकबारे पनि कुरा भएको थियो ।

रियलले ग्यारेथ बेल र जेम्स रोड्रिगेज र केही रकम दिने प्रस्ताव राखेको थियो । तर, दुबै क्लबको प्रस्तावलाई फ्रेन्च च्याम्पियन क्लबले अस्वीकार गरेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार पीएसजीले भिनिसियस जुनियरबारे चासो देखाएको थियो तर, रियलले उनको नाम छलफलमै ल्याउन चाहेन ।

नेयमार सन् २०१७ मा २२० मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए । दुई सिजनमा ३४ गोल गरे तर, दुबै सिजन चोटका कारण अपेक्षाकृत प्रदर्शन रहेन ।

लिग वानमा पीएसजीले सिजनको पहिलो खेलमा नेममाथि जित हात पार्दा नेयमारलाई खेलाइएन । बरु पीएसजीका समर्थकले नेयमारलाई ‘छाडेर जाऊ’ भन्ने सन्देश लेखिएको ब्यानर देखाए । नेयमार पनि क्लब छाड्न तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment