+
+
Shares

बागलुङमा एक महिला मृत भेटिइन्

रासस रासस
२०७६ साउन ३० गते १६:३८

३० साउन, गलकोट (बागलुङ ) । जैमिनी नगरपालिका-२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल बिहीबार मृत फेला परेकी छन् ।

नगरपालिका-४ स्थायी घर भइ हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा उनको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

श्रीमान् रोजगारीका लागि विदेश रहनुभएका मृतक ढकालको एक छोरा पोखरामा बस्दै आएको र एक छोरी पनि केही दिनदेखि आफन्तकोमा रहेको प्रहरीले जानकारी दिएको छ ।

मानसिकरूपमा कमजोर ढकाल धारोमा नुहाउन जाने क्रममा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको प्रहरीले अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?