+
+

सामसङले आर सिरिजका नयाँ स्मार्ट टिभी बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते १९:३२

३० साउन, काठमाडौं । सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ । यी टिभिहरुमा विभिन्न सुविधाहरु उपलब्ध रहेका छन् ।

पर्सनल कम्प्युटर, म्युजिक सिस्टम, होम क्लाउड, लाभइभ कास्ट एवं टु वे सेयरिङ्ग जस्ता सुविधाहरु यी टिभिहरुबाट लिन सकिन्छ । यसअघि कहिल्यै उपलब्ध नभएका सुविधाहरु यी स्मार्ट टिभिहरुमा उपलब्ध रहेका छन् ।

सामसङले आर सिरिजका टिभिहरुका खरिदमा सामसङको स्मार्ट फोन निःशुल्क प्रदान गर्ने योजना १ हप्ताको लागि प्रस्तुत गरेको छ ।

सामसङ ७५ इन्च आरयू ७१०० को खरिदमासामसङ ग्यालेक्सी एस-१० पाउनेछन्, ६५ इन्च आरयू ७१०० को खरिदमा सामसङ ग्यालेक्सी ए७० पाउनेछन् ।

५५ इन्च आरयू ७१०० को खरिदमा सामसङ ग्यालेक्सी ए ५० पाउनेछन् । ४९ तथा ४३ इन्च आरयू ७१०० को खरिदमा सामसङ ग्यालेक्सी ए३० र ए२० पाउनेछन् ।

हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार कम्पनीद्वारा आफ्ना आधिकारीक डिलर नेटवर्कमार्फत् अगस्ट १५ तारिख देखि २२ तारिख सम्म यो योजना जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?