Comments Add Comment

पेट्रोल बम विस्फोट हुँदा मलेसियामा १ नेपाली घाइते

Photo Credit : सांकेतिक तस्वीर

३१ साउन, काठमाडौं । मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् ।

तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् ।

मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन ।

समाचार अनुसार, उनको हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको छ । उनलाई त्यही पुगेर स्वास्थ्यकर्मीले उपचार गरेका छन् ।

विस्फोटबाट गार्ड पोस्टको एउटा भागमा क्षति पुगेको छ ।

विस्फोट कसले गरायो भन्ने खुलेको छैन । क्वालालम्पुर फायर एन्ड रेस्क्यु अपरेशनका प्रवक्ताले बताए अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment