Comments Add Comment

अदितीको ‘कृ’ पछि के ?

नायक अनमोल केसीसँग चलचित्रमा काम गर्ने नायिकाको करिअर चम्किलो बन्छ भनिन्छ । उदाहरण हेर्ने हो भने, धेरैमा त्यस्तो देखिएको पनि छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, उपासना सिंह ठकुरीदेखि सुहाना थापासम्मले चम्किलो करिअर बनाउँदैछन्, जसले अनमोलको चलचित्रबाट डेब्यू गरेका थिए ।

अनमोलको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’बाट डेब्यू गर्ने अर्की नायिका हुन्, अदिती वुढाथोकी । मुम्बइमा रहेर मोडलिङ गरिरहेकी अदितीलाई चलचित्र रिलिज भएपछि अफर नै अफर पुग्छ भन्ने सोच धेरैको थियो । तर, ‘कृ’ रिलिज भएको करिब २ बर्ष हुँदा पनि अदितीले नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छैन । यो चलचित्र आज युटुबबाट रिलिज हुँदैछ ।

अदिती अहिले पनि मुम्बइमा बसेर मोडलिङ नै गरिरहेकी छिन् । केही भाषाका म्यूजिक भिडियोमा उनले काम पनि गरेकी छिन् । अदितीले केही समय अगाडि चलचित्र ‘हेल्लो जिन्दगी’मा काम गर्ने चर्चा चलेपनि त्यो चर्चामै सिमित भएको थियो ।

बरु, अदिती इन्स्टाग्राममा पोष्ट भएका बोल्ड फोटोका कारण सधै नै चर्चामा रहन्छिन् । अदिती आफूले नेपाली चलचित्र खेल्नका लागि हतार नगर्ने बताउँदै पनि आएकी छिन् । तर, दर्शकलाई भने उनको ‘कृ’ पछि के भन्ने प्रश्न सधै नै मनमा उब्जने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment