+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

सम्झौता कार्यान्वयन नभए सरकार छाड्छौं : यादव

बिकास मरहट्टा बिकास मरहट्टा
२०७६ साउन ३२ गते १९:१०

३२ साउन, गोरखा । समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्ऽ यादवले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने चेतावनी दिएका छन् ।

पार्टीको जिल्ला समिति समायोजन घोषणा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा पुगेका यादवले पत्रकारहरुसँग कुरा गर्दै सम्झौता कार्यान्वयनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चासो नदिएको आरोप लगाए । ‘संविधान संशोधनको शर्तमा दुई तिहाइ पुर्‍याइदिन कम्युनिष्ट पार्टीलाई साथ दिएका हौं,’ उनले भने, ‘तर अहिलेसम्म त्यो दिशामा कदम चालेको देखिएन ।’

निर्वाचन प्रणाली, शासकिय स्वरुप लगायतका विषय संशोधन गर्नुपर्ने माग आफूहरुको रहेको उनले बताए । मन्त्री यादवले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले काम गर्न नसकेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?