+
+
Shares

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १०:१२

१ भदौ, गोरखा । गोरखा नगरपालिका–९, लक्ष्मीबजारमा गएराति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् ।

हत्याका आरोपित याकुवलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

‘उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?