१ भादौं, काठमाडौं । सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् ।
उनले आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् । विश्व पुलिस फायर गेम्समा निमेशको यो तेस्रो स्वर्ण पदक हो । उनले यसअघि हाफ म्याराथन र १० किलोमिटर क्रस कन्ट्रीमा स्वर्ण पदक जितेका थिए ।
उनले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पूरा गरे । आयोजक चीनका नुफेङ दाई दोस्रो तथा भारतका गोभा राम तेस्रो भए । नुफेङले निर्धारित दूरी ३१ मिनेट ३५ सेकेन्डमामा पूरा गरेका थिए भने गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा पूरा गरेका थिए । यो स्पर्धामा ५५ देशका ५५ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।
 
                    










 २०७६ भदौ  १ गते १३:३२
                        २०७६ भदौ  १ गते १३:३२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4