Comments Add Comment

बाटला हाउसका केही रोचक तथ्य

लामो विश्रामपछि जोन अब्राहम आफ्नो लयमा फर्केका छन् । उनको नयाँ फिल्म ‘बाटला हाउस’ बिहीबारबाट प्रदर्शनमा आएको छ ।

यो सत्य घटनामा आधारित फिल्म हो । बाटला हाउसबारे केही रोचक तथ्य यहाँ उल्लेख गरिएको छ ।

१. अभिनेता जोन अब्राहमको फिल्म बाटला हाउस १६ डिसेम्बर २००८ मा दिल्लीमा भएको चर्चित इन्काउन्टरमा आधारित छ ।

२. फिल्म निर्देशक निखिल आडवाणी यो फिल्मको छायांकन वास्तविक लोकेसनमै गर्न चाहान्थे, तर त्यसको लागि अनुमति मिलेन । त्यसकारण उनले यो फिल्मको छायांकन भारतभित्र तथा बाहिरका विभिन्न स्थानमा सेट लगाएर गरेका थिए ।

३. बाटला हाउसको इन्काउन्टरवाला महत्वपूर्ण दृष्य एउटा कोठामा इन्डोर बूट गरिएको हो ।

४. फिल्मका निर्देशकले आउटडोर सुटिङको क्रममा के कुरामा विशेष ध्यान दिएका थिए भने त्यसक्रममा गाडीहरुको मोडल स्त्रिmनमा देखियोस् ।

५. बाटला हाउस फिल्मको मुख्य भूमिकाका लागि जोन अब्राहमभन्दा पहिला सैफ अली खानलाई प्रस्ताव गरिएको थियो । तर, निर्देशकसँग कुरा नमिलेपछि उक्त भूमिका जोनलाई दिइएको थियो ।

६. जोन अब्राहमले यो फिल्ममा डीसीपी सन्जीव कुमार यादवको भूमिका निर्वाह गरेका छन्, जसले यो बाटला हाउस अपरेसनलाई अन्तिम रुप दिएका थिए ।

७. जोन अब्राहमले फिल्म बाटला हाउसमार्फत भारतको स्वतन्त्रता दिवसको अवसर पारेर पुनः एक पटक अक्षय कुमारसँग प्रतिस्पर्धा गर्न लागेका छन् । अघिल्लो वर्ष पनि १५ अगष्टकै दिन जोनको ‘सत्यमेव जयते’ तथा अक्षयको ‘गोल्ड प्रदर्शन’ भएका थिए । दुवै फिल्मले राम्रो व्यवसाय गरेका थिए ।

८. यो फिल्ममा सन् २००४ मा प्रदर्शन भएको फिल्म ‘मुसाफिर’को सुपरहिट गीत ‘ओ साकी साकी’मा नौरा फतेहीले आकर्षक डान्स गरेकी छिन् ।

९. बाटला हाउसको प्रदर्शनभन्दा अघि फिल्मको सम्पूर्ण स्टार कास्टले भारतका उपराष्ट्रपति एम. बेंकैया नायडूसँग भेटघाट गरेको थियो । साथै उनका लागि फिल्मको विशेष प्रदर्शन पनि गरियो । उपराष्ट्रपतिले सबैलाई शुभकामना दिँदै ट्वीटसमेत गरेका थिए ।

१०. बाटला हाउसकी अभिनेत्री मृणाल ठाकुरको यो दोस्रो फिल्म हो । यसअघि उनले ऋतिक रोशनसँग फिल्म सुपर ३० मा अभिनय गरेकी थिइन्, जुन बक्स अफिसमा सुपरहिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment