+
+
Shares

विप्लव समूहका ५ नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १८:५७

१ भदौ, झापा । नेत्र विक्रम चन्द विप्लव समूहका ५ जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लुजङका राजु दास, सागर लिम्बु उर्फ सक्कल, नरपति पौडेल, यम योगेश लिम्बु र सन्देश भनिने गणेश कार्की ढोली छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाले विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा विभिन्न प्रमाणसहित उनीहरुलाई पक्राउ गरिएको झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले बिताए ।

उनका अनुसार, पक्राउ पर्ने दास विप्लव समूहको पाँचथर जिल्ला इञ्चार्ज र मेची ब्यूरो सदस्य हुन् ।

त्यस्तै, लिम्बु ताप्लेजुङ इञ्चार्ज, पौडेल मेची ब्यूरो सदस्य र ताप्लेजुङ जिल्ला सेक्रेटरी, लिम्बु ताप्लेजुङ जिल्ला कमिटी सदस्य र ढोली जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य र अखिल क्रान्तिकारीको मेची, कोशी ब्यूरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?