
१ भदौ, काठमाडौं । श्री एयरलाइन्सको पाँचौ जहाज काठमाडौं ओर्लिएको छ । कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार बम्बाडियर ९एन-एएनएफ जहाज आइतबार साँझ काठमाडौं आइपुगेको हो । कम्पनीसँग यसअघि ४ वटा जहाज रहेका छन् ।
मे २०१७ बाट आन्तरिक उडान थालेको यस कम्पनीले बम्बाडीयर सीआजे एयरक्राफ्टमार्फत सेवा दिइरहेको छ । कम्पनीले एक साथ दुई जहाज भित्राउन लागेको हो । आगामी साता अर्को जहाज समेत नेपाल आइपुग्दैछ । क्यानडामा निर्माण भएको यो जहाज ८० सीट क्षमताको हो ।
श्री एयरलाइन्सले निकट भविश्यमा अन्तरराष्ट्रिय उडान समेत थाल्दैछ । अघिल्लो साता मात्र यस कम्पनीले अन्तर्राष्ट्रिय सेड्यूल उडानको अनुमति पाएको थियो । श्रीले भारतका ४ र बंगलादेशको एक शहरमा उडान गर्ने गरी अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4