Comments Add Comment

तपाईं पनि स्वार्थी प्रेममा पो हुनुहुन्छ कि ?

वैंशालु उमेरमा युवा र युवतीबीच एकअर्कामा आर्कषण हुन्छ । त्यही आकर्षण सम्बन्धमा बद्लिन्छन् । र, प्रेममा ।

प्रेम सम्बन्धमा रहेपछि उनीहरुको जीवन फरक मोडबाट गुज्रन थाल्छ । भेटघाट, कुराकानी, डेटिङ । जति-जति उनीहरु घनिष्ठ हुँदै जान्छ, एकअर्कासँग खुल्दै जान्छन् । अन्ततः उनीहरु यस्तो मोडसम्म आइपुग्छन् कि दुबैबाट अब लुकाउनुपर्ने केही बाँकी रहँदैन ।

त्यसपछि भने सम्बन्ध कसरी अगाडि बढ्छ ? के उनीहरुले आफ्नो प्रेमलाई विवाहमा बदल्छन् ? वा प्रेमलाई अनन्तसम्म निरन्तरता दिन्छन् ? वा उनीहरुको प्रेममा पूर्ण विराम लाग्छ ?

यीमध्ये कुनैपनि संभावित गन्तव्य हुनसक्छ । उनीहरु छुटिन पनि सक्छन् । विवाह गर्न पनि सक्छन् । प्रेमलाई त्यही रुपमा निरन्तरता दिइरहन पनि सक्छन् ।

हामीकहाँ मान्यता के छ भने प्रेम गरेपछि त्यो अमर हुनुपर्छ । अमर प्रेमको अर्थ अनन्तसम्मको प्रेम । प्रेम तब सफल भएको मानिन्छ, जब उनीहरु विवाह गर्छन् । विवाह गरिसकेपछि मात्र प्रेमलाई सफल मान्ने गरिन्छ ।

जबकी विवाह भनेको जीवनभरकै निम्ति एक निर्णयक मोड हो । विवाह कहिले, कसरी, कोसँग गरिन्छ भन्ने कुराले बाँकी जीवनको खाका तयार गर्छ । यदि पार्टनर सही परेमा बाँकी जीवन सुखमय रहन्छ । सफल रहन्छ । यदि पार्टनर गलत परेको अवस्थामा दाम्पत्य जीवन पट्यारलाग्दो बन्छ ।

कतिपय अवस्थामा निकै पीडादायी पनि बन्न सक्छ । यस्तो दाम्पत्य जीवनमा झगडा, मनमुटाव, कलह हुँदै सम्बन्ध विच्छेदसम्म पुग्न सक्छ । यो एक जीवनकै दुर्घटना बन्न सक्छ । त्यसैले विवाह लागि यस्ता पार्टनरको खोजी गरिन्छ, जसले जीवनभर साथ दिन सक्छ । जसको साथले जीवनलाई सहज र सरल बनाउँछ । सुमधुर बनाउँछ ।

यदि प्रेमको सफल मोड विवाहलाई  मान्ने हो भने प्रेम जीवनमा रहेकै बखत निकै ख्याल विचार गर्नुपर्छ । त्यसो त कतिपयले प्रेम सम्बन्धलाई विवाहको पूर्व तयारीको रुपमा पनि लिने गर्छन् । आफ्नो सम्बन्धमा रहेका प्रेमी वा प्रेमिकाको सम्पूर्ण आनीबानी एवं आचरण, स्वभाव, रुची, इच्छा, आकंक्षा बुझ्ने मेलो पनि हो यो । प्रेम सम्बन्धमा रहेकै बेला आफ्नो इच्छा अनुसार उपयुक्त पार्टनर हो वा होइन भनेर निक्र्यौल गर्न सकिन्छ ।

प्रेम सम्बन्ध पनि थरीथरीका हुन्छन् । कोही सम्बन्ध दिगो हुन्छ, कोही क्षणिक । कोही प्रेम परिपक्क हुन्छ भने कोही फगत मनोरञ्जन पनि । कतिपय पार्टनर यस्ता हुन्छन्, जो केवल प्रेमको नाममा हल्का मनोरञ्जन मात्र चाहने ।

कतिपय पार्टनर चाहिं एकदमै नकारात्मक हुन्छन् । जब यस्ता पार्टनरसँग प्रेम सम्बन्ध रहन्छ, त्यसबाट बाहिर आउन निकै मुश्किल हुन्छ । उनीहरुसँग प्रेम सम्बन्धमा रहँदा पनि वैशालु रोमाञ्चकता अनुभव हुँदैन । उनीहरु कुनै न कुनै निहुँबाट पीडा दिने खालका हुन्छन् । यस्ता प्रेमी/प्रेमिकाले तपाईंलाई खुसी र उमंग होइन, दुःख दिन्छ । निरास तुल्याउँछ । तनाव दिन्छ । तपाईंको खुसी पनि यस्ता प्रेमी/प्रमिकाले खोसिदिन्छ ।

यस्ता पार्टनर धेरै भड्किलो र धेरै नै अपेक्षा गर्ने किसिमका हुन्छन् । उनीहरुको अपेक्षा कहिल्यै पुरा पनि हुँदैन । जुनसुकै कुरामा खोट देखाउने गर्छन् । केही गरेर उनीहरुको चित्त बुझाउन सकिदैन । यस्ता प्रेमिका/प्रेमी फरक स्वार्थले तपाईंसँग जोडिएका हुन्छन् । यसलाई ‘टक्सिक रिलेसनसिप’ भनिन्छ । यस्ता पार्टनरसँग भने जतिसक्दो सम्बन्धमा पूर्ण विराम लगाउनु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment