+
+
Shares

‘अर्जुन रेड्डी’का नायकसँग काम गर्दै जाहन्वी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते ११:३७

जाहन्वी कपुर नयाँ पुस्तामा रुचाइएकी बलिउड नायिका हुन् । बलिउडका ठूला मेकर उनीसँग चलचित्र निर्माण गर्न लालयित छन् । तर, साउथका मेकरले समेत उनलाई अफर गरेको खबर भारतीय मिडियामा उल्लेख छ ।

खबरका अनुसार जाहन्वीलाई ‘अर्जुन रेड्डी’ स्टार विजय देवगरकोन्डाको जोडी बन्नको लागि अफर गरिएको हो । चलचित्र रोमान्टिक जनरामा निर्माण हुने बताइएको छ । नाम पक्का भइनसकेको यो चलचित्रलाई जगन्नाथ पुरीले निर्देशन गर्नेछन् ।

जाहन्वीलाई निर्देशक पुरीले नै अफर गरेका हुन् । जाहन्वी र निर्माणपक्षबीच मौखिक सहमति भइसकेको छ । तर, लिखित सम्झौता भने भएको छैन । जाहन्वी आफै नायक विजयको फ्यान हुन् । जाहन्वीले एक अन्तरवार्तामा आफूलाई विजय निकै मनपर्ने र उनीसँग काम गर्ने इच्छा भएको बताएकी थिइन् ।

जाहन्वीको यो चाहना चाडै नै पुरा हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?