+
+
Shares

नम्रता भन्छिन्–‘अरु निर्माताले वुझ्न नसक्लान् भनेर आफै लगानी गरेँ’

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते १४:३०

नम्रता श्रेष्ठ चलचित्र क्षेत्रमा रुचाइएकी नायिका हुन् । उनको सुन्दरता र अभिनयको तारिफ सधै नै हुन्छ । नम्रता अभिनित नयाँ चलचित्र ‘जाइरा’ रिलिजको तयारीमा छ । भदौ ६ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्रमा नम्रतालाई बिल्कुलै फरक भूमिकामा प्रस्तुत गरिएको छ । प्राय चलचित्रमा प्रेमिकाको भूमिकामा देखिदै आएकी नम्रता ‘जाइरा’मा भने बक्सिङ खेलाडीको भूमिकामा प्रस्तुत छिन् ।

यो चलचित्रको उनी नायिकामात्र होइनन्, निर्मात्री पनि हुन् । ‘काटमारी फिल्मस्’ले ‘नम्रता श्रेष्ठ प्रोडक्सन’सँग सहकार्य गरेर चलचित्रको निर्माण गरेको हो । नम्रता आफूले चलचित्रमा लगानी नै गरेर निर्मात्री बनेको बताउँछिन् । उनले भनिन्–‘यो चलचित्रमा मैले पारिश्रमिक नलिएर निर्मात्री बनेकी होइन । मैले आफ्नो पैसा नै लगानी गरेको छु । मलाई मेरो दिदीले केही सहयोग गर्नुभएको छ । नत्र निर्देशक आशुतोष र मेरो नै लगानी हो ।’

चलचित्रको प्रि–प्रोडक्सनमा काम गर्दै जाँदा तोकिएको रकम भन्दा बढी लगानी हुने देखियो । त्यसैले चलचित्रमा नयाँ निर्माता खोज्नुको साटो आफै लगानी गर्न तम्सिएको नम्रता बताउँछिन् । उनी थप्छिन्–‘अरु निर्माता खोज्यो भने हाम्रो मिहिनेतलाई वुझ्न नसक्लान्, भनेजस्तो काम गर्न नपाइएला भनेर आफैले लगानी गरेको हुँ ।’

यसै क्षेत्रमा काम गरिरहेको भएकाले पनि निर्माण गर्न तयार भएको नम्रता बताउँछिन् । उनले भनिन्– यो क्षेत्रलाई आफ्नो पेशा बनाएपछि आफूले सोचेको जस्तो चलचित्र बनाउँ भन्ने मन थियो । त्यो पूरा गर्नको लागि पनि निर्मात्री बनेको हुँ ।’
आशुतोष राज श्रेष्ठ निर्देशित ‘जाइरा’मा अनुपविक्रम शाही, प्रमोद अग्रहरीको पनि मुख्य भूमिका रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?