+
+

बायर्नमा काउटिन्होलाई १० नम्बरको जर्सी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते १५:३०

काठमाडौं । बार्सिलोनाबाट लोनमा बायर्न म्युनिख पुगेका फिलिप काउटिन्होले १० नम्बरको जर्सीमा खेल्ने भएका छन् ।

सोमबार उनको ट्रान्सफर प्रक्रिया भएको छ र, बार्यनले १० नम्बरको जर्सी हस्तान्तरण गरेको छ । उनी एक सिजनको लोनमा जर्मन च्याम्पियनमा आवद्ध भएका हुन् ।

बायर्नसँग उनलाई १२० मिलियन पाउण्डमा किन्ने विकल्प पनि छ । अहिले भने उसले लोन फि मात्र ८.५ मिलियन पाउण्ड र २७ वर्षीय फुटबलरको पुरा तलब दिनेछ ।

जर्मनी यात्रा काउटिन्होका लागि नयाँ सुरुवातको अवसर पनि हो । उनले बार्यन म्युनिखको वेबसाइटमा भनेका छन्, मेरो लागि यो ट्रान्सफर नयाँ चुनौती हो । म यसका लागि तयार छु ।’

काउटिन्हो २०१८ को विन्टर ट्रान्सफरमा लिभरपुलबाट बार्सिलोना गएका थिए । तर स्पेनिस च्याम्पियनमा रहँदा उनको प्रदर्शन अपेक्षाकृत हुन सकेन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?