Comments Add Comment

किर्गिस्तानसँग हारपछि प्रशिक्षकले भने : अफगानिस्तानसँग जस्तो खेल्न सकिएन

२ भदौं, काठमाडौं । एभीसी पुरूष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएसँगै नेपालका मुख्य प्रशिक्षक भान एविङले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् ।

नेपाल किर्गिस्तानसँग आज भएको खेलमा ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । २५–२३, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित हुने क्रममा नेपालले एक खेलअघि नै सेमिफाइनल पुग्ने अवसरलाई पनि गुमाएको छ ।

हार पछि मुख्य प्रशिक्षक एविङले खेलाडीले आफ्नो क्षमताअनुसारले खेल्न नसकेको बताए । उनले भने, ‘नेपालको प्रर्दशन राम्रो भएन । अफगानिस्तानसँग मैत्रीपूर्ण खेलमा जस्तो प्रदर्शन गर्न सकिएन । हामी भन्दा हरेक कुरामा किर्गिस्तान बलियो थियो ।’

प्रशिक्षकले हारको समीक्षा गर्दै सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने पनि बताए । नेपालले अब आफ्नो अन्तिम खेलमा माल्दिभ्ससँग २१ अगष्टमा खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment