+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

भारतीय गाडी चालकसँग रकम असुल्ने ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते २०:४०

२ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भारतीय गाडी चालकहरुसँग अवैधरुपमा रकम असुलेको अभियोगमा सोमबार साँझ ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज–१७ अलौका बिजय यादव, प्रदीप गुप्ता र मजमिल मियाँ रहेका छन् ।

एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बाट जाँचपास भई निस्केको भारतीय सवारी चालकहरुसँग अवैध रुपमा रकम असुल्ने गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए ।

वीरगञ्ज–१७ अलौस्थित आईसीपीबाट जाँचपास भई निस्केको भारतीय नम्वरका गाडी चालकहरुलाई बाटो देखाइदिने बाहनामा रकम असुल्ने गरेको प्रहरीको भनाइ छ ।

‘गाडी रोकेर बाटो देखाउने गाईड हुँ भन्दै केहि परसम्म जाने र चालकलाई धम्की दिएर रकम अशुल्ने गरेका रहेछन् ।’ उनले भने, ‘हामीले जानकारी पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेका छौं । ’

भारतीय गाडी चालकहरुसँग उनीहरुले ५ सय देखि १ हजार रुपैयाँसम्म असुल्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?