
बिहिबारदेखि रिलिज भएको चलचित्र ‘हजार जुनी सम्म’ले बक्स अफिसमा सुखद कमाई त गरेन । तर, यो चलचित्रमा पाको पुरुषको भूमिकामा देखिएका नायक आर्यन सिग्देलले भने चलचित्रलाई नै धानेका छन् । चलचित्रको सुरुवातदेखि अन्तिमसम्म आर्यन मात्रै छाएका छन् ।
चलचित्रमा एक प्रेमीको भूमिकामा देखिएका आर्यनको रोमान्टिक, भावूक र कमेडी अवतार दर्शकका लागि विशेष छ ।
आफ्नो प्रेमिकाका लागि १४ बर्षसम्म जीवन बिताइदिने एक प्रेमीको भूमिकामा आर्यनलाई देखाइएको छ । विकासराज आचार्य निर्देशित यो चलचित्रले विशेषगरि, दर्शकको मन छुन्छ ।
सामिप्यराज तिमिल्सिना र विकासले मिलेर चलचित्र खिचेका हुन् । नायक आर्यन सिग्देल रोमान्टिक जनराका चलचित्रमा बढी फिट देखिएका छन् । उनले, अभिनय गरेका प्रेमकथाका चलचित्रमा नै उनी बढी फिट छन् । ‘हजार जुनी सम्म’मा सेतो दाह्री र कपाल बनाएपनि आर्यनले रोमान्सको गती भने छाडेका छैनन् ।
चलचित्रमा स्वस्तिमा खड्का, संचिता लुइटेल, प्रियंका कार्की, सलोन बस्नेत, अखिलेश प्रधान लगायतको पनि मुख्य भूमिका छ ।
प्रतिक्रिया 4