Comments Add Comment

३६ घण्टापछि अरुण खोलाको डाइभर्सन एकतर्फी खुल्यो

दिउँसोसम्ममा पूर्ण सञ्चालनमा आउने

३ भदौ, नवलपरासी । पूर्व–पश्चिम राजमार्गको अरुणखोलाकाे ३६ घण्टादेखि अवरुद्ध सडक मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

लगातारको वर्षाले अरुणखोलाको नदीको सतह बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर डाइभर्सनबाट सवारी वारपार गराउन प्रहरीले रोकेको थियो । पानीको सतह मंगलबार बिहानबाट कम भएसँगै प्रहरीले पुनः एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याएको हो ।

प्रहरीका अनुसार डाइभर्सन मर्मतको काम अहिले भइरहेको छ । डाइभर्सन मर्मतको काम दिउँसोसम्मका सकेर आजैबाट दुवैतर्फी सडक सञ्चालनमा ल्याउने प्रहरी भनाइ छ ।

पुल मर्मतमा उदासीनता

गत बुधबार बिहान साढे ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिँदा पुलको पूर्व–दक्षिणको पिल्लर भाँचिएको थियो ।

महत्त्वपूर्ण स्थानको पुल भासिएपछि एक सातादेखि यात्रु र सवारी साधनले सास्ती झेलिरहेका छन् । यद्यपि, यसको दीर्घकालीन समाधानका लागि ठोस हुन सकेको छैन ।

पुल भाँचिएको १ साता बितिसक्दा मर्मतको लागि कुनै पहल हुन सकेको छैन । यसको विकल्पका रूपमा डाइभर्सन प्रयोग गरिए पनि व्यवस्थित बनाउन नसकिएको गुनासो यातायात व्यवसायी र यात्रुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment