Comments Add Comment

वीरगञ्जमा ८ जना हुण्डी कारोबारीविरुद्ध सवा अर्बको मुद्धा दायर

३ भदौ, वीरगञ्ज । नगद र चाँदीसहित पक्राउ परेका ८ जना हुण्डी कारोबारीविरुद्ध सवा अर्ब विगो दावी गर्दै अदालत पेश गरिएको छ ।

गत असार ९ गते ४२ लाख नगद र २ हजार ९० ग्राम चाँदीसहित वीरगञ्ज महानगरपालिका-५ माइस्थानमा रहेको केपी स्वर्णकार केन्द्र ज्वेलर्सबाट पक्राउ परेका ८ जनालाई अनुसन्धानपछि एक अर्ब २८ करोड ४२ लाख ३९ हजार ७२३ विगोसहित अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

छिपहरमाई गाउँपालिका चेरगाह बस्ने राजकपुर साह, रौतहट चपुर घर भएका सूर्यबहादुर बडवाल, बाराको चैनपुर भवानीपुरका गुलाम साह, वीरगञ्ज-६ का राकेशकुमार सिंह, भारत मोतिहारीका सुनिल प्रसाद, विन्दवासिनीका सुजित कुमार, वीरगञ्ज- ६ गहवाका चन्दन र पसल सञ्चालक कन्हैया साह सोनारविरूद्ध मुद्धा दायर गरिएको हो । पसलका सञ्चालक कन्हैया भने फरार छन् ।

अनुसन्धानका क्रममा एक वर्षमा उक्त रकम बराबरको कारोवार गरेको पाइएपछि विगोसहित बैंक-वित्तीय संस्था तथा संगठित अपराध मुद्दामा अदालत पेश गरिएको एसपी राठोरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment