Comments Add Comment

इटहरीमा लाखेसँग ‘जाइरा’

यही शुक्रबार रिलिज हुने चलचित्र ‘जाइरा’ को टीमले काठमाडौं बाहिरको प्रचार प्रसार सकेर फर्किएको छ । पोखरा, चितवन, धरान र इटहरीमा प्रचार–प्रसारपछि ‘जाइरा’ टीम काठमाडौं फर्केको हो ।

इटहरीमा भने यो टीमले भिन्न खालको कार्यक्रम ग¥यो । इटहरीका स्थानीय युवाले लाखे जुलुस निकालेर चलचित्र ‘जाइरा’ टीमलाई स्वागत गरेका थिए । लाखेसहित जाइरा टीमलाई बजार परिक्रमा गराइएको थियो ।

‘जाइरा’को प्रचारमा सहयोग तथा रिलीजको खुशियालीमा लाखे जुलुस निकालिएको स्थानीय युवाले बताए । प्रचार यात्रामा चलचित्रकी मूख्य नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरि, कलाकार सम्राट मगरलगायत सहभागी थिए ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगरलगायतका कलाकारको अभिनय रहेको छ । प्रनिता श्रेष्ठ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment