Comments Add Comment

‘साहो’ पछि प्रभास यस्तो लभस्टोरी फिल्म खेल्दै

खासमा अभिनेता प्रभास दक्षिण भारतिय अभिनेता हुन् । तेलुगु फिल्म उद्योगबाट करियर सुरु गरेका उनी ब्लकबस्टर फिल्म ‘बाहुबली’बाट यसरी चम्किए, सबैतिर उनको हाईहाई हुन थाल्यो । त्यती मात्र होइन, प्रभास अब कुन फिल्म खेल्छन्, कस्तो फिल्म खेल्छन् भन्ने चासो पनि बढाइदियो ।

यहि कारण ‘बाहुबली-२’ पछि उनी जुन फिल्ममा अनुबन्धित भए, त्यसले व्यापक चर्चा पायो । फिल्म हो, साहो । सुजीतद्वारा लिखित तथा निर्देशित यो एक्सन थ्रिलर फिल्म हो, जो अबको बहुप्रतिक्षित फिल्म हो । यसमा प्रभाससँग श्रद्धा कपूरले स्त्रिmन शेयर गरेकी छिन् ।

साहो एक बिग बजेट फिल्म हो, जसको कुल बजेट भारु ३ सय करोड बढी छ ।  बाहुबली र साहोको चर्चासँग प्रभासको स्टारडम चुलिएको छ । यतिबेला उनी फिल्म साहोकै प्रमोशनमा व्यस्त छन् ।

त्यसो त साहो पछि उनले कुन फिल्म खेल्दैछन् भन्ने चासो पनि छ । भनिहालौं, उनी नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् । उनको आगमी फिल्म एक्सन हुनेछैन, लभस्टोरी हुनेछ । रमाइलो कुरा त के भने यो रोमान्टिक लभस्टोरी फिल्म प्रभासकै होम प्रोडक्शनको व्यानरमा निर्माण हुने पक्कापक्की भएको हो ।

यस फिल्ममा प्रभासलाई साथ दिनेछन् ‘मोहनजोदडो’का साथ करियर सुरु गरेकी पूजा हेगडेले । फिल्मको तयारी सुरु भइसकेको छ । यो फिल्म तेलुगूका साथै हिन्दीमा पनि बन्नेछ ।

त्यसो त प्रभासको ‘साहो’का लागि पनि पहिलो प्राथमिकतामा थिइन् पूजा हेगडे । उक्त सूचीमा पूजासँगै अरु थुप्रै अभिनेत्रीको नाम थियो । अन्त्यामा बाजी मारिन्, श्रद्धा कपूरले ।

फिल्ममा श्रद्धा कपूरले प्रभाससँग काँधमा काँध मिलाएर एक्सन दृश्य दिएकी छिन् । श्रद्धाको नाम यस फिल्मका लागि धेरै नै सोच विचार गरेर फाइनल गरिएको थियो ।

अनुष्का चाहन्थे दर्शक

दर्शकले भने प्रभासको अपोजिटमा अनुष्का शेट्टीलाई देख्न चाहन्थे । किनभने यो जोडी बाहुबलीमा पनि निकै रुचाइएको थियो । फिल्ममा एकदमै ग्ल्यामरस अभिनेत्रीलाई लिने तय भएको थियो । यद्यपि पछिल्लो समय अनुष्काको बढ्दो तौलले उनलाई छनौट गरिएन ।

सोनम कपूर पनि संभावित नाम

त्यती मात्र होइन, अभिनेत्रीको सूचीमा सोनम कपूरको पनि व्यापक चर्चा भएको थियो । यद्यपि उनीपनि चुपचाप बसिन् ।

पूजा हेगडे बलिउडमा ऋतिक रोशनको ‘मोहनजोदडो’का साथ डेब्यु गरेकी थिइन् । उनको नाम लामो समयसम्म साहोसँग जोडियो ।

कैटरिना कैफ

सबैभन्दा पहिलो कैटरिनाको नाम आएको थियो, साहोका लागि । यद्यपि कैटरिनासँग अफर नै गरिएन वा उनले रिजेक्ट गरिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment