Comments Add Comment

‘पासवर्ड’को प्रीमियरमा नेपाल आउँदै सन्नी लियोनी

बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनी नेपाल आउने भएकी छिन् । सन्नी स्वयम्ले एक भिडियो सन्देश बनाएर आफू नेपाल आउन लागेको बताएकी छिन् । उनी नेपाली चलचित्र ‘पासवर्ड’को प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । यस चलचित्रमा पनि उनले आइटम नृत्य गरेकी छिन् ।

सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रीमियरमा सन्नी सहभागी हुने छिन् । भिडियोमा उनले चलचित्रको प्रोमोशनल इभेन्ट एण्ड पि्रमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी छिन् । भिडियोको अन्तिममा उनले चलचित्रलाई सफलता शुभकामना दिएकी छिन् ।

चलचित्र सेप्टेम्बर १३ तारिख रिलिज हुँदैछ । सन्नीले ३ दिन चलचित्रको प्रचारमा सहयोग गर्ने बुझिएको छ ।

सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्रमा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको मुख्य भूमिका रहेको छ । एक्सन थ्रिलर चलचित्रमा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment