Comments Add Comment

राष्ट्रियसभामा सांसदले भने : भारतसँग विगतका सम्झौता पालनाबारे छलफल गर्नुपर्छ

४ भदौ, काठमाडौं । सत्तारुढ दलका संसदहरुले नेपाल भारतबीच भएको जलस्रोतसम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा नेपाली पीडित बनेको गुनासो गरेका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल र सांसद कोमल वलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौतालगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको बताएका हुन् ।

सांसद सुमनराज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पीडित हुनेहरुलाई क्षतिपुर्ति अनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता समस्यामा परेको बताए ।

बुधबार सुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग बार्ता गर्नुपर्ने उनले बताए ।

यस्तै बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल वलीले नेपाल भारतबीच प्राकृतिक स्रोत बाँडफाँटसम्बन्धी भएका सम्झौता पुनरावलोकन गर्न माग गरिन् ।

दुई देशबीच हुने सम्झौता विन विनको आधारमा हुनुपर्ने भन्दै जलस्रोत, तटबन्ध सडक जस्ता बिषयमा भारतीय पक्ष सँग छलफल गर्नुपर्ने बताइन् । बुधबारदेखि सुरु हुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने बिषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रियसभाको बैठकमा संसदहरुले सरकारको कामकारबाही तथा पछिल्लो समय बहसमा रहेको रवि लामिछाने पक्राउ बिषयमा पनि आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment