Comments Add Comment

बौद्धमा फर्निचर सञ्चालकद्वारा आत्महत्या, प्रेमिका पक्राउ

४ भदौ, काठमाडौं । बौद्धको आरुबारीमा ओम साइबाबा काष्ठ मिलका सञ्चालक खेमराज अधिकारीले आत्महत्या गरेका छन् ।

बुधबार विहान उद्योगभित्र सलको पासो लगाएर अधिकारीले आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नरेन्द्रकुमार चन्दका अनुसार झुण्डिएको अवस्थामा ४३ वर्षीय अधिकारीको शव भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

उनका अनुसार घटनास्थल वरपर सुसाइड नोट वा अन्य कुनै पनि वस्तु भेटिएको छैन । अनुसन्धान अधिृकतका अनुसार घटनापछि अधिकारी आफ्नो श्रीमान् भएको बताउँदै एक महिला प्रहरी कहाँ पुगेकी थिइन् ।

तर, संखुवासभाको समापोखरीस्थित अधिकारीका आफन्तले भने अधिकारीले विवाह नै नगरेको दाबी गरेका छन् । तिनै महिलाका कारण अधिकारीले आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै परिवारले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा किटानी जाहेरी दिएका छन् । सोही आधारमा प्रहरीले महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि बुधबार दिउासो बसपार्कको एक होटलमा दुई जना पुरुष र महिला मृत अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment